Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics - Melina Rai: Presenting the lyrics of the song ''Paralko Tyandro (परालको त्यान्द्रो)" sung by Melina Rai. The music of this song is given by Rajkumar Shrestha.
Singer: Melina Rai
Lyrics: Satya Mohan Joshi
Music: Rajkumar Shrestha
Label: Music Nepal
Paralko Tyandro (परालको त्यान्द्रो) Lyrics - Melina Rai
परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
हलीदाइकै पसीनाको थोपाको पनि एक थोपा ।
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
बढेँ म, हुर्के म
हेरचाहमा उसकै ।
बढेँ म, हुर्के म
हेरचाहमा उसकै ।
सम्झना छ अझै मलाई
गोडमेल गरेको त्यो दिन
गीत उसले गाएको
“मेरो ‘माया’ छ भने त्यता
पानी खाने निहुँ गरी आऊ यता !”
आज हलीदाइ दयँरा बने
आज हलीदाइ दयँरा बने
‘अहहह माले !’ भन्दै उनले
खलामा दाइँ हाले ।
मेयोको वरिपरि रिङ्गिएर घुम्ने गोरुहरूले
बेसरी मलाई माडे, नङ्ग्याए पनि मलाई।
फलत: परिणत भएँ म
त्यान्द्रोमा त्यान्द्रोमा ।
तर म बग्छु पानीमा
पुतलीको डुङ्गा झैँ सललल,
म उड्छु हावामा
चङ्गाको पुच्छर झैँ फररर।
अनि कहिलेकाँही साँझपख
बूढाबूढीदेखिन् केटाकेटीसम्मलाई तर्साउन
सर्प झैँ सुतिरहन्छु
बाटोमा बाटोमा।
तर, अपसोच !
वास्तवमा म केही पनि होइन
सिवाय परालको त्यान्द्रो !
बोलेँ जे जति मैले
त्यो त मेरो निम्ती
मलाई माया गरी
बोलिदिएका हुन् मेरा कविले ।
किनभने मेरो त
न मुख छ नत मुटु नै
न मुख छ नत मुटु नै !
परालको त्यान्द्रो परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
परालको त्यान्द्रो हो, म
परालको त्यान्द्रो
Melina Rai - Paralko Tyandro (परालको त्यान्द्रो) Song Details
Song: Paralko Tyandro (परालको त्यान्द्रो)Singer: Melina Rai
Lyrics: Satya Mohan Joshi
Music: Rajkumar Shrestha
Label: Music Nepal
